बाल यौन दुराचार अभियोगमा दुई शिक्षक पक्राउ

भक्तपुर ।
१३ वर्षीया किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा भक्तपुर प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्दो प्रशिक्षक चुलाई मुखिया पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार शिक्षक कोजुले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई ती १३ वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको छ । भक्तपुर सृजनानगर बस्ने तेक्वान्दो प्रशिक्षक मुखियालाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा प्रशिक्षण दिने क्रममा यौन दुराचार गरेको आरोप लगाइएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुसार पीडित बालिकाकी आमाले बुधबार उजुरी दिएपछि कोजु र मुखियालाई पक्राउ गरिएको हो । पीडित किशोरीले आमालाई भनेपछि घटना सार्वजनिक भएको हो। मुखियाले राम्रोसँग खेल सिकाइदिन्छु भनी सल्लाघारीमा बोलाई एकान्तस्थानमा लगेर यौन दुराचार गरेको बताइएको छ ।
पक्राउ परेका कोजु र मुखियामाथि छुट्टाछुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रनाउ गिरीले बताए ।
तपाईंको प्रतिक्रिया