कारमा मृत भेटिएका वालकका परिवारलाई उपमहानगरले १/१ लाख दिने

 जेठ २२, २०७८

तुलसीपुर ।

तुलसीपुरमा रोकिराखेको कारमा मृत भेटिएका तीन वालकको परीवारलाई उपमहानगरले जनही एक लाख दरले राहत दिने भएको छ । उपमहानगरको १११औँ नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको बैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलले जानकारी दिनुभयो ।

वडा नम्बर ६ स्याउली बजार नजिकै पार्किङ गरी राखेको कार भित्र मृत भेटिएका सोहि वडाको गाइडहर बस्ने ९ बर्षीय सन्दिप परियार, सोहि ठाउँका ६ बर्षीय सुवर्ण परियार र ७ बर्षीय करण परियार गएको बैशाख १८ गते मृत भेटिएका थिए ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको बैठकले उपमहानगरपालिकाको नगर सभा आउदो जेठ ३१ गते बस्ने भएको छ ।

तपाईंको प्रतिक्रिया