माओवादी केन्द्रले बाँड्यो स्वास्थ्य सामग्री
काठमाडौं ।
माओवादी केन्द्रले सबै प्रदेशका लागि कोरानाविरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरणपछि जारी विज्ञप्तिमा प्रचण्डले ती स्वास्थ्य सामग्री उपलब्ध गराउने राष्ट्र, संगठनलगायतलाई धन्यवाद ज्ञापन गरेका छन् । वितरित सामग्री चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग-संगठनबाट प्राप्त भएको जनाइएको छ ।


तपाईंको प्रतिक्रिया