थप ६ हजार ९५१ जनाले जिते कोरोना

काठमाडौँ ।
पछिल्लो २४ घण्टामा थप ६ हजार ९५१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० जना पुगेको छ । गत २४ घण्टामा थप ४ हजार ४७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर र ५ हजार ९०१ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४७२ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ५ लाख ९१ हजार ४९४ एक सय जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ जना रहेको छ ।
२४ घण्टामा थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ९९० जना पुगेको मन्त्रालयले जनाएको छ ।
तपाईंको प्रतिक्रिया