तुलसीपुरमा एक हजार बढिले खोप लगाए

तुलसीपुर ।
तुलसीपुरमा पहिलो दिन हिजो १ हजार २ सय ५८ जनाले भेरोसिल खोप लगाएका छन । ५८१ जना महिला र ६७७ पुरुषले खोप लगाएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । जस अन्र्तगत हलवारमा मा १२२ जना , टरिगाउमा ८२ जना, दमारगाउँमा ३७ जना, पर्सेनी मा ११५ जना, उरहरीमा ११५ जना , डूरुवामा ९० जना , बिजौरी मा ४५ जना , पवननगर मा ६४ जना ,
दोघरेमा ९९ जना , मानपुर मा ११८ जना, फूलबारीमा ५५ जना , प्रादेशिक मा ३१६ जना, गरि जम्मा १ हजार २ सय ५८ जनाले खोप लगाएका हुन ।
अव आज तकीयापुर,अस्वारा, हेमनगर, हेमन्तपुर, ड्वाङपुर, ,लक्ष्मीपुर र प्रादेशिक अस्पतालमा खोप लगाईने छ । देशभरका ६२ देखि ६४ बर्षका नागरीकलाई खोप दिन लागिएको हो । यस्तै,राप्ती प्रादेशिक अस्पतालमा आज भेरोसिलको दोस्रो मात्रा लगाउन बाँकीलाई पनि लगाईने फोकल पसर्न केसीले बताए ।
तपाईंको प्रतिक्रिया