बागर आईशोलेशनमा स्वास्थ्य सामग्री सहयोग

 जेठ २६, २०७८

दंगीशरणमा संक्रिय संक्रमित संख्या ३७
दिप्तीशिखा चौधरी, दंगीशरण
दंगीशरण गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्र बागरमा रहेको आईशोलेशनमा १३ जना कोभिड संक्रमितहरु भर्ना भएका छन् । महिला ४ र पुरुष ९ जना गरी १३ जना छन् । यस्तै कोभिड अस्पतालमा ६ जना रहेका छन् भने होम आईशोलेशनमा १८ जना रहेका छन् । हेकुली स्वास्थ्य चौकि प्रमुख टेक बहादुर खत्रीका अनुशार दंगीशरणमा २ सय २० जना निको भईसकेका छन् भने १० जनाको मृत्यु भईसकेको छ । हाल सम्म दंगीशरणमा आरटि पिसी आर टेष्ट बाट १ सय ६० र आरटि एन्टिजेन्ट टेष्ट बाट १ सय ७ जना गरि कोरोणा संक्रमितको संख्या २ सय ६७ रहेको छ भने संक्रिय संक्रमित संख्या ३७ जना रहेको छ । बागर आईशोलेशनमा अहिले एच.डि.यु बेड १५ र साधारण बेड १० गरी २५ बेड रहेको छ । यस्तै अक्सीजन सिलस्ण्डर ४० वटा रहेको छ ।

यसैबिच आईशोलेशनमा विभीन्न संघ सस्ंथाहरुले सहयोग गर्ने क्रम पनि जारी रहेको छ । आईशोलेशनमा ग्रीन फाउण्डेशनले १० थान पिपिई, सेनीटाईजर, माक्स, फेससाईड जस्ता स्वास्थ्य सामग्री सहयोग गरेको छ । यस्तै औषधि ब्यवसायी संघ दाङले संर्जीकल गलोव, फेससाईल्ड, पिपिई, ह्याण्ड सेनीटाईजर, माक्स, एमोकसीक्लीयर, भिटामीन बि र सी लगाएतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । यसैगरी सुआहाराले ह्यान्ड सेनीटाईजर, सर्जीकल माक्स, पिपिई जस्ता स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सेवा विभागले गाउँन, १० थान, पंजा ५० जोर, सर्जिकल माक्स , फेस सीट, अकसीजन कन्सनटेटर सहयोग गरेको छ भने वन वल्र्डले माक्स , सर्जिकल ग्लोव, सेनिटाईजर, पिपिई, ह्यान्ड क्याप लगाएतका स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । यस्तै दाङको दंगिशरण गाउँपालिका वडा नं ६ राजपुर घर हाल अमेरिका बस्ने विनोद वलीले बागर आइसोलेसनलाई २ वटा बेड सहयोग गरेका छन् । दंगिशरण गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष टंक बहादुर वली, वडा नं ७ का वडा अध्यक्ष विर वहादुर वलीको उपस्थितीमा आईशोलेशन केन्द्र बागरलाई वलीका वुवाले हस्ताण्तरण गरेका हुन् ।
यस्तै दंगीशरण गाउँपालिका स्तरीय युवा संजालको पहलमा राष्ट्रिय सभा सदस्य कोमल वलीद्धारा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गोल्टाकुरीका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र कुमार हमाललाई यूवा संजालका अध्यक्ष चक्रमिलन विश्वकर्मा लगाएतको टोलीले सो सामग्री हस्तारणतरण गरेको हो ।
यसैबिच, दंगीशरण गाउँपालिका बागर आईशोलेशनमा भर्ना भएका बिरामीहरुलाई गाउँपालिकाका यूवाहरुले नि.शुल्क खाना खुवाउँने अभियान शुरु गरेका छन् । बिरामीहरुलाई खानामा कुनै प्रकारको समस्या नहोस भन्ने उद्धेश्यले नि.शुल्क खाना खुवाउँने कार्य थालनी गरेका हुन् । राघव देवकोटाको संयोजकमा प्मोद आचार्य, जिवेशनाथ योगी, अर्जुन भट्राई, निराजन देवकोटा, देवराज बुढाथोकि, ओपेन्द्र शर्माको टोली नि.शुल्क खाना खुवाउँने कार्यमा खटिएको हो ।

तपाईंको प्रतिक्रिया