देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार २७५
काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ५ हजार २२५ जना कोरोमुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेमा ५ लाख २० हजार ८१६ जना पुगेको छ । गत २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७४९ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ एक सय जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ जना रहेको छ । २४ घण्टामा थप ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३०५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
तपाईंको प्रतिक्रिया