दाङमा १३ संक्रमित थपिदा ५४ जना निको भए

तुलसीपुर ।
दाङमा १३ कोरोना संक्रमित थपिदा ५४ जना निको भएका छन । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार ४० जनामा परिक्षण गर्दा ८ महिला र ५ पुरुष गरि १३ जनामा कोरोना देखिएको हो ।
त्यस्तै आज ५४ जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका संगै बैशाख यता निको हुनेको संख्या ७ हजार ४२ पुगेको छ भने संक्रमितको संख्या ७ हजार ५ सय ९१ पुगेको छ ।
संक्रमित मध्य अहिले अधिकांश संक्रमित घरमै बसेका छन् । जसमा २ सय ७१ जना होमआईशोलेसनमा बसेका छन् । त्यस्तै ८४ जना संस्थागत आईशोलेसनमा रहेका छन भने १५ जना आईसियुमा उपचाररत रहेका छन् ।
तपाईंको प्रतिक्रिया