प्रतिष्ठानमा रोकिएको ओपिडी सेवा सञ्चालनमा

 जेठ ३१, २०७८

दाङ ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी र आईसियु सेवा सञ्चालन हुने भएको छ । कोभिड–१९ को तीव्र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै २०७८ बैशाख १९ गतेदेखि प्रतिष्ठानमा सन्चालित ओपिडी सेवा र सल्यकृया सेवा स्थगित गरिएको थियो । सर्वसाधारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रतिष्ठानमा ओपिडी र आईसियु सेवा पुः सन्चालनमा ल्याईने भएको हो ।

असार १ गते भोली देखि यी सेवाहरु सुरु हुने प्रतिष्ठानले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । साथै सुचनामा कोभिड संक्रमणलाई ध्यानमा राखि कोही साधारण विरामीहरु उपचार गराउन आउँदा आफु एक्लै आउँने र बृद्ध, बालबालिकाको सहयोगका लागि एक जना मात्र आउँन अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया