जसपा तुलसीपुर नगर कमिटीद्वारा रक्तदान

डिल्लीराज भुसाल, तुलसीपुर ।
जनता समाजवादी पार्टी (जसपा) तुलसीपुर नगर कमिटीले विश्व रक्तदान दिवसको अवसरमा रक्तदान गरेको छ । कोराना महामारीको समयमा बिरामीहरूलाई रगतको अति आवश्यक पर्ने भएकाले रक्तदान दिवसका अवसर मा रक्तदान कार्यक्रम गरेको नगर कमिटीका अध्यक्ष टोप बहादुर महतराले जानकारी दिनुभयो ।
सो अबसरमा १० जना ले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा बुद्धि प्रसाद तामाङ, टोप बहादुर महतरा, अनिल रसाइली, गीता विष्ट, मान बहादुर डाँगी, खडक बहादुर थापा, शंकरमान विष्ट , रमित पुन, दीपक पोख्रेल, कमलराज पोख्रेल रहेका छन ।
नगरकमिटिका अध्यक्ष महतराको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य हरि प्रसाद रिजालको प्रमुख आतिथ्यता एंव जिल्ला सदस्य गीता विष्टको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो । नगर कमिटी सचिव मोहन सिंह वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सह सचिव दिपक पोख्रेलले गरेका थिए । यसैविच, रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई नगर कमिटिले धन्यबाद व्यक्त गरेको छ ।
तपाईंको प्रतिक्रिया