मन्त्री नेम्वाङको निर्देशन : असार १५ देखि रेल चलाउने तयारी गर्नू
तुलसीपुर ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई असार १५ देखि रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिनुभएको हो ।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया