देशभर थपिए २९ सय १८ संक्रमित

काठमाडौं ।
देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४ हजार ८ सय १९ जनाको कोभिड परीक्षण गरिएको छ । पछिल्लो समय पाँच हजार एक सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो अवधिमा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार चार सय ६४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालसम्म कोरोना संक्रमणबाट पाँच लाख ३६ हजार दुई सय ५२ जना निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
तपाईंको प्रतिक्रिया