रुपन्देहीमा असार ७ सम्म निषेधाज्ञा थप

 जेठ ३१, २०७८

रुपन्देही ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले असार ७ गते राती १२ बजे सम्मका लागि चौथो पटक निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । जसअनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई निरन्तरता दिँदै आदेश जारी गरेका हुन् ।

तपाईंको प्रतिक्रिया