कारमा मृत भेटिएका वालकका परिवारलाई खाद्यान्न सहयोग

 असार ०१, २०७८

तुलसीपुर ।

तुलसीपुर ६ गाईडहरमा राेकिएकाे कारमा मृत भेटिएका तिन बालकका घरपरिवारलाई राहत वितरण गरिएको छ । ग्लोवल हुमनईटरियल एआईडी र नेतृत्वका लागी युवाको सयुक्त आयोजनामा पिडित घरपरिवारको घरमै पुगेर राहात वितरण गरिएको Youth to Lead का नारायण बिकले जानकारी दिनुभयो । उहाका अनुसार चामल, दाल, नुन, तेल अण्डा सहयोग गर्नुको साथै स्वास्थ्य सुरक्षा सामग्री अन्तरगत मास्क, स्यानीटाईजर र साबुन लगाएतका सामग्री सहयोग गरिएको हो ।

कोरोना माहामारीका कारण जारी लकडाउनको बेलामा भोकै बस्न नपरोस भन्ने उद्देश्यले खाद्यन्न तथा कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाको सामग्री सहयोग गरिएको उहाले जानकारी दिनुभयो । सो अवसरमा ग्लोवल हुमनईटरियल एआईडीका स्वंयम सेवक प्रकास सेपाईली , सुसन सेन्चुरी, Youth to Lead का संयोजक नारायण परियार र अभियान्ता सन्ताेष चनारा लगाएतको सहभागिता रहेको थियो ।

साथै उनीहरुले पिडितले उचित न्याय पाउनु पर्ने भन्दै सराेकारवालाकाे ध्यानाकर्षण गराएका छन् ।
यसअघि उनीहरुलाई दिने भनिएकाे राहत रकम छिटो उपलब्ध गराईदिनुपर्ने माग पनि गरिएको थियाे ।

तपाईंको प्रतिक्रिया