राप्तीमा फसेका चार जनाकाे उद्दार

 असार ०२, २०७८

दाङ । देउखुरीको राप्ती नदिमा फसेका चार जनालाई उद्दार गरिएको छ । उनिहरुलाई बिपत ब्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले उद्दार गरेको हो ।

राजपुर गाउँ पालिका वडा नम्बर ३ प्रतापपुरका वर्ष ३२ का गणेश यादव १२ भैसि, वडा नम्बर २ बेलका वर्ष २६ का राधेश्याम यादव १५ भैसि, बेला कि वर्ष ५० का साबित्रा यादव ५ वटा भैसि, लमही नपा ७ हसनापुरका मन्साराम चौधरी २०/२२ वटा भैंसी लिएर चराउन हिजाे हसनापुरको टापुमा गएका थिए ।

हिजो दिनभरी लगातार परेको पानीका कारण राप्ती नदिमा बाढी आए पछि उनिहरु घर फर्किन सकेनन । राप्ती नदीमा फसेका चार जना गोठालाहरुले बीच टापुमा घाम ओत्न बनाएको सानो खरको छाप्रोमा रात बिताएका थिए।

रात परेको र घाटको बारेमा एकिन गर्न नसक्दा उद्दार गर्न नसकिएको सशस्त्र प्रहरी वाल नेपाल नम्बर ४१ रिजर्भ गण हेक्वा अर्जुन खोलाका प्रमुख यादव विश्वकर्माले बताए ।

२९ नम्बर गण भालुवाङ्का एसपी टोप खनाल, ४१ नम्बर गण अर्जुन खोलाका एसपी यादव विश्वकर्मा, लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक राज कुमार भट्ट, इलाका प्रहरी कार्यालय अमिलियाक प्रहरी निरीक्षक राजिब श्रेष्ठ , रणसिङ दल गुल्म अर्जुन खोलाको टोलि राप्ती नदि पुगेको थियो ।

तपाईंको प्रतिक्रिया