दलित अगुवाको पहलमा धारा जोडीयो

तुलसीपुर ।
तुलसीपुरमा बाटो विवादका कारण खानेपानी पिउनबाट बञ्चीत एक दलित परिवारको घरमा पुन धारा जोडिएको छ । विभिन्न संघसस्थाको पहलमा आज विवाद अन्त्य गर्दै खानेपानी पुर्याउन सफल भएको युथ टु लिडका अभियन्ता नारायण विकले बताउनुभयो । उपमहानगरपालिकाको वडा नम्बर ३ गहते (बुधनिया),निवासी भगवति परियारको घरमा बाटो विवाद कारण काटिएको धारा आज जोडिएको हो ।
विगत ८ दिन देखि बाटोको विवादका कारण बुधनिया टोलले धाराको पाइप काटि खानेपानी सुविधामा रोक लगाएका थिए । यसबारेमा सरोकारवालालाई जानकारी गराउदा पनि कुनै सुनुवाई नभएपछि उनिहरु खोलाको पानी पिउन बाध्य भएका थिए । यसबारेमा जानकारी पाए लगत्तै आज त्यहा पुगेको टोलीले काटिएको धाराको पाइप सम्बन्धीत व्यक्तिलाई जोड्न लगाई विवादको अन्त्य गर्न सहजीकरण गरेको हो ।
यसका लागि तुलसीपुरका दलित संघ संस्थाहरु युथ टु लिड,संयुक्त दलित युवा अभियान तथा दलित नागरिक समाज त्यहा पुगेका थिए । विवाद समाधानका लागि आयोजित कार्यक्रममा दलित नागरिक समाजका संयोजक छबी परियारले दलित समुदायमा हुने गरेका विभेद तथा अत्याचारको विरुद्ध अझ शसक्त रुपमा लाग्ने बताएका थिए । कार्यक्रममा न्युज बैंक मिडीया प्रालिका संचालक दिलिप विक., युथ टु लिडका अभियन्ता नारायण विक, सन्तोष चनारा , संयुक्त दलित युवा अभियानका संयोजक खेमराज विक सेन्चुरीले आ–आफ्ना भनाई राख्नुभएका् थियो । संयुक्त दलित युवा अभियानका सह–संयोजक शेर बहादुर परियारले कार्यक्रमको सहजीकरण गर्नु भएका्े थियो ।।
तपाईंको प्रतिक्रिया