बाढि र पहिरोबाट १३ जिल्ला प्रभावित

 असार ०३, २०७८

काठमाण्डौ ।

गत मंगलवार देखी निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोबाट ७ जनाको ज्यान गएको छ । २७ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट १३ जिल्ला बढी प्रभावित भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित भएका छन् ।

सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा परेको छ । बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घरमा पूर्ण र २६ घरमा आंशिक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीका कारण बाजुरा, गोरखा, प्युठान, अर्घाखाँचीमा एकरएक जना, जाजरकोटमा सात जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएका छन् ।

तपाईंको प्रतिक्रिया