बञ्चरो प्रहार गरि श्रीमतीको हत्या, श्रीमान पक्राउ

तुलसीपुर ।
दाङमा बञ्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरि ४६ बर्षीया स्याना कुमारी चौधरीको हत्या गरेका हुन । सामन्य घरायसी बिबादका कारण टाउकोमा बञ्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।
बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले बञ्चरो प्रहार गरि घाइते बनाएका थिए । घाईते श्रीमतीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरी प्रबक्ता डिएसपी रिजालले बताए । आरोपित मुकुन्दलाल प्रहरीले नियन्त्रण लिइ सकेको छ ।।
तपाईंको प्रतिक्रिया