शारदा नदीको बिचमा फसेका १२ जनाको उद्दार

 असार ०४, २०७८

सल्यान ।

जिल्लाको शारदा नगरपालिका ६ मा शारदा नदी बिचको टापुमा फसेका १२ जनाको उद्धार गरिएको छ । शारदा नदीको बिचमा रहेको खेतमा धान रोप्न गएका १२ किसानहरुलाई उद्धार गरिएको हो । 

अविरल वर्षापछि शारदा नदीको बहाव अत्याधिक बढ्दा टापुमा रहेको खेतमै किसानहरु अलपत्र परेका थिए । अलपत्र परेका १२ जनाको नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको सबुज गण सिमखर्कका गणपती कञ्चन बस्नेतले जानकारी दिए । 

तपाईंको प्रतिक्रिया