दाङ –सल्यान यात्रामा जोखीम

तुलसीपुर ।
जीर्ण अवस्थामा रहेको राप्ती लोकमार्ग अन्र्तगतको सल्यान–दाङ सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । हिउँदमा धुलोका कारण आजित वनेका यात्रुहरु अहिले हिलो र पहिरोका कारण समस्यामा परेका छन् । घुमाउरो, जीर्ण र साँघुरो सडकको समयमा मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा हिउँदमा धुलो र बर्षातमा हिलो तथा पहिरोका कारण सास्ती भोग्नुपरेको चालकहरु बताउछन ।
यसैविच,प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले सल्यान–दाङको सिमाना देखी सल्यान तर्फको भागको सडक चौडाको काम बन्द गरिएको बताउनुभएको छ । निरन्तरको बर्षा र पहिरोको जोखिम भएकाले असार, साउन र भदौँ तीन महिनाको लागि सडक चौडाको काम बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया