कानुन व्यवसायीले भने- ‘कोरोना खोप नपाउँदा सम्म सेवा बन्द’
दाङ ।
दाङमा कानुन व्यवसायीले कोरोना विरुद्ध खोपको व्यवस्था नहुँदासम्म न्याय सम्पादन गर्न नसक्ने बताएका छन् । न्याय सम्पादनको अग्रपंक्तिमा खटिने राज्यको तेस्रो अंगको रुपमा रहेको कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका छन् ।
उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई खोपको व्यवस्था गर्नु भनि परामादेश भएपनि अहिलेसम्म मागप्रति कुनै सुनुवाई नभएको उनिहरुको गुनासो छ । उच्च इकाई बार इकाई तुलसीपुरका अध्यक्ष रबिन्द्रकुमार धिताल र जिल्ला बार इकाई दाङका अध्यक्ष शिबप्रसाद घिमिरेले संयुक्तरुपमा विज्ञप्ती जारी गरी कोरोनाको जोखिम कायमै रहेको अवस्थामा बन्दाबन्दीको बिचमा उच्च अदालत तुलसीपुर र जिल्ला अदालत घोराहीमा बन्दीप्रत्यक्षिकरण थुनछेक र कोराना सम्बन्धि मुद्धाबाहेक अन्य मुद्धामा न्याय सम्पादन गर्न नसकिने स्पष्ट पारिएको छ ।
तपाईंको प्रतिक्रिया