कीर्ते र नीतिगत अनियमितता गरेको भन्दै उजुरी

बुटवल । रुपन्देहीको एक सरकारी विद्यालयमा व्यवस्थापन समितिले कीर्ते र नीतिगत अनियमितता गरेको भन्दै एक शिक्षिकाले छानबिनको माग गरेकी छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–४ को मुक्तिधाम आधारभूत विद्यालय व्यवस्थापन समितिले कीर्ते, जालसाजी र नीतिगत अनियमितता गरेकाले छानबिन गर्न माग गर्दै निमित्त प्रधानाध्यापक दिलमाया कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएकी हुन् ।
२०७७ साल साउनदेखि हालसम्म तलब भत्ता नदिइएको र तलब भत्ताको माग गर्दा निमित्त प्रधानाध्यापक मीरा कोहार र विद्यालय व्यवस्थापन समिति अध्यक्षले तलबमध्ये केही रकम दिनुपर्ने र निमित्त प्रअबाट राजीनामा दिई बरबुझारथ गर्नुपर्र्ने शर्त राखेकाले आफू मानसिक तथा आर्थिक अभावमा पिल्सिएको शिक्षिका कँडेलले बताइन् ।
तपाईंको प्रतिक्रिया