२,४७६ जना काेराेना संंक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,४७६ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ३५१ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
थप २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५४५५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ४५ हजार ७९४ रहेको छ । कूल पीसीआर परीक्षण गर्दा ६ लाख ३१ हजार संक्रमित थपिएका छन् । कूल मृत्यु संख्या ८९४५ पुगेको छ ।
तपाईंको प्रतिक्रिया