बंगलाचुलीको जडिबुटि पकेट क्षेत्रमा सरोकारवासँग छलफल
दाङ ।
दाङको बंगलाचुली गाउँपालिकाको जडिबुटि पकेट क्षेत्रमा सरोकारवासँगको सम्वन्वयात्यम छलफल भएको छ । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि खेती बिस्तार कार्यक्रम अन्र्तगत गाउँपालिकाको जडिबुटि पकेट क्षेत्रमा सरोकारवालासँग छलफल भएको हो ।
सहकारी संस्था लिमिटेड दाङका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सहभागि बक्ताहरुले बंगलाचुली गाउँपालिका जडिबुटिको पकेट क्षेत्र भएको भन्दै जडिबुटिको बिकास लागि सवै लाग्नु पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जडिबुटिको बिकासका लागि स्थानीय सामुदायिक वन समूह र कृषि समूहहरुसँग समेत समन्वय गरेर जडिबुटि खेतीलाई बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बंगाचुली गाउँपालिका वडा नं ५ का अध्यक्ष एनुराज खत्री, वडा नं ३ का सदस्य मेवबहादुर जिसी, वडा नं ४ का सदस्य लालबहादुर गिरीले आफ्नो वडामा भएको बस्तुस्थिति र जडिबुटि खेतीको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँहरुले जडिबुटि खेतीका लागि आफूहरुले वडाबासीलाई जानकारी गराउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत खिमबहादुर केसीले यो बर्ष सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था मार्फत बंचलाचुली गाउँपालिका ५ वटा वडा र घोराही उपमहानगरपालिकाका २ वटा वडामा जडिबुटि खेती बिस्तारको कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
कार्यक्रमका सुपरभाइजन बालचन्द्र शर्मा जडिबुटि खेतीका लागि अहिले पकेट क्षेत्रका ७ वटै वडामा माग संकलनको काम भइरहेको, माग अनुसार पाएक पर्ने स्थानमा बिरुवा निशुल्क उपलब्ध गराइने र बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप प्रतिबिरुवा ३ रुपैया उपलब्ध गराइने जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया