करेन्ट लागेर दाङमा एक जनाको ज्यान गयो
तुलसीपुर ।
करेन्ट लागेर दाङमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय सागर सोमै मगर रहेकाे प्रहरीले जनाएको छ । गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी स्थित रहेको शप्तऋषि क्रसर कम्पनीमा जाँदै गरेको प्रदेश २-०३००१ ख ३१६१ नम्बरको टिप्परले बाटो माथी झुन्डिएको तार छुन्छ भनी उक्त तार उचाल्ने क्रममा मगरलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका मगरको शनिबार बेलुका उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको हाे । उनी टिप्परका सहचालक हुन । टिप्पर र चालकलाई गढवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिक्रिया