अफगानिस्तानमा सेनाको कारबाहीमा परी २४ तालिबानको मृत्यु

 असार १३, २०७८

अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा त्यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् । संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो ।

अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन् । ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते पनि भएका बताइएको छ । सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममाा ती तालिबान लडाकूहरु मारिएका बताइएको छ ।

तपाईंको प्रतिक्रिया