सरकारले ८५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने

काठमाडौं ।
सरकारले ८५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि-२०७८ स्वीकृत गरिसकेको छ । कोभिड-१९ महामारीको सन्दर्भमा देखिएको अक्सिजन अभावको संकटलाई मध्यनजर गरी अक्सिजन आवश्यक हुने आकस्मिक स्वास्थ्य सेवालाई अनवरत रूपमा सञ्चालन गर्न अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
यस्तै अक्सिजन कन्सन्ट्रेटरको माग, आपूर्ति, संकलन, वितरण तथा व्यवस्थापन गर्न स्थापना गरिएको स्टोरलाई अक्सिजन कन्सनट्रेटर बैंक भनेर बुझ्नुपर्ने कुरा कार्यविधिमा उल्लेख छ ।
तपाईंको प्रतिक्रिया