जीप दुर्घटना हुदा दुई जनाको मृत्यु

तुलसीपुर ।
म्याग्दीको सदरमुकाम बेनीमा यात्रुबाहक जीप दुर्घटना हुँदा २ यात्रुको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बेनी नगरपालिका ५ डडुवाकी १९ वर्षीया सविना भण्डारी र मंगला गाउँपालिका(१ का १३ वर्षीय बिमल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेनीबाट मंगला गाउँपालिका १ पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप बुधबार राति करिब ८ः२० बजे मंगला गाउँपालिकाको २ नेवारेखोलामा दुर्घटना भएको हो ।
तपाईंको प्रतिक्रिया