पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गयो

 असार १७, २०७८

तनहुँ ।

पहिरोका कारण तनहुँ बन्दीपुरका दुई घरमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । पहिरोमा परि बन्दीपुर–३ तामुङका सरस्वती थापा र हरिमाया नेपालीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

घटनास्थलमा गाउँलेले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने प्रयास भइरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनालाई अस्पताल लगिएको र अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

तपाईंको प्रतिक्रिया