पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

 असार १८, २०७८

काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाका कारण ती प्रदेशको पहाडी भू-भागमा पहिरो र नदीनाला तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू-भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण अहिले देशभरको मौसम बदली रहेको छ । प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भीषण वर्षा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो पनि देशभर मौसम बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया