दाङमा कोरोना संक्रमितको संख्या बढ्दै
दाङ ।
लकडाउन खुकुलो भए सगैं कोरोना संक्रमितको दर पनि बढ्दै गएको पाईएको छ । दाङमा विहीवार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ५० जनाको परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । यस अघि वुधवार राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय जनामा गरिएको परीक्षणमा ४० जनामा कोरोना देखिएको थियो ।
अहिले सकृय संक्रमितको संख्या १ सय ५७ जना रहेको केन्द्रले जनाएको छ । केहि दिन पहिले एक सयमा झरेको यो संख्या बढ्न थालेको छ । यस्तै जिल्लामा बितेको २४ घण्टामा विहीवार थप ३ जनाको मृत्यु भएको छ । यो संगै वैशाखयता २ सय ४ जनाको संक्रमणबाट मृत्यु भएको केन्द्रले जनाएको छ ।
तपाईंको प्रतिक्रिया