औलो, डेङ्गु र कालाजार सम्बन्धि एक दिने अभिमुखिकरण

 असार १८, २०७८


उरहरी ।

तुलसीपुर उपमहानरपालीका वडा नम्बर ११ मा रहेको उरहरी श्वास्थ्य चौकीमा औलो, डेङगु र कालाजार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । हरेक समुदायमा जनचेतना जगाउन सके यी रोगहरुबाट बच्न सकिने कार्यक्रमका सहभागीले निष्कर्श निकालेका छन । त्यस अवसरमा श्वास्थ्य चौकीका प्रमुख चित्र वलीले रोगको अवस्था, ध्यान दिनुपर्ने कुरा र बच्न सकिने उपायका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

बर्षायामको समयमा लामखुट्टेको टोकाईबाट बच्न गाउँ टोलमा जनचेतना जगाउने खालको कार्यक्रम अघि सारीएको प्रमुख वलीले बताउनुभएको थियो । वडाध्यक्ष चित्र बहादुर वलीको अध्यक्षतामा सरोकारवाला संग भएको अभिमुखिकरण कार्यक्रममा जनश्वास्थ्य निरीक्षक सेर ब विसी,सिनियर अहेव खड्ग बहादुर बस्नेत, ल्याव असिस्टेण्ट विष्णु भण्डारी लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

यसैविच, सोही कार्यक्रममा वितेको तीन बर्षमा वडा भित्र भएको वालविवाहको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरिएको थियो । वडामा २० बर्ष मुनि विहे गर्ने मध्ये थारु समुदायका धेरै रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

वितेको तिन बर्ष मध्ये २०७५ मा ५१ प्रतिशत, २०७६ मा ४२ प्रतिशत र २०७७ मा ४१ प्रतिशतले बालबिवाह गरेको पाईएको छ ।

तपाईंको प्रतिक्रिया