रुकुम पश्चिममा विवाद हुँदा दुई जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा दुई जना घाइते भएका छन् ।आठबिसकोट नगरपालिका-३ खदीमा भएको विवादमा गोपाल विक र राजु विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।
सामान बोकेको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद भएको पनि उहाँले जानकारी दिनुभयो । झगडा गरेको आरोपमा गोपाल बोहरासहित केहीलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको पनि प्रमुख प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया