दाङमा संक्रिय संक्रमितको संख्या डेढ सय नाघ्यो

तुलसीपुर ।
दाङमा शनिवार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनाको पिसिआर परिक्षण गर्दा २४ पुरुष र १९ जना महिला गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या एक सय ५३ पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ति मध्य घरमा १ सय २३ जना, अक्सिजन सहितको उपचारमा १९ जना र आईसियूमा ११ जना रहेका छन् । कुनै बेला एक सय मा झरेको सक्रिय संक्रमितको संख्या फेरी उकालो लाग्न थालेको छ ।
तपाईंको प्रतिक्रिया