१६ सय ३ जनामा कोरोना सङ्क्रमण

 असार २०, २०७८

तुलसीपुर ।
पछिल्लो २४ घण्टामा १६ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ०४२ र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १ हजार ६०३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित मध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् ।

काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको संख्या २ हजार ५५२ छ । त्यस्तै कोरोना सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

तपाईंको प्रतिक्रिया