झण्डै डेढ लाख रकम सहित तुलसीपुरमा ५ जुवाडे पक्राउ
तुलसीपुर । तुलसीपुरमा एक लाख बढी रकम सहित ५ जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर १५ बस्ने बर्ष ३७ को खडक बहादुुुर वली,वडा नम्बर ५ बस्ने बर्ष ३४ को शरण श्रेष्ठ,वडा नम्बर ६ बस्ने बर्ष ४१ काे मिन केतन गिरी, घोराही उप-महानगरपालीका वडा नं.७ बस्ने बर्ष ४१ काे बिनाेद खाति,
र वडा नं.१५ बस्ने बर्ष ३२ को छवि गिरि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन ।
तुलसीपुर १० गौरिगाउ बाट जुवा खेलिरहेको अवस्थमा बुधबार बेलुका ४:३० बजे १ लाख ४७ हजार १ सय २५ रुपैँया सहित ५ जना जुवाडेलाई पक्राउ गरिएको हाे । उनिहरुको साथबाट एक गड्डि तास, नगद बरामद गरेको प्रहरीले बताएको छ ।


तपाईंको प्रतिक्रिया