पाल्पा बाढी: एक जनाकोे मृत्यु, बालक वेपत्ता

 असार २४, २०७८

File Photo

तुलसीपुर ।
पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक वेपत्ता भएका छन् । गएराति झरेको पहिरोका कारण सात जना घाइते भएका छन् । पहिरोले पुरिएर तिनाउ गाउँपालिका५ का ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोमा स्थानीय पूजा परियारका चार वर्षीय छोरा वेपत्ता भएको र स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको प्रहरीको भनाइ छ । पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ ।

तपाईंको प्रतिक्रिया