देशभर थपिए १८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

काठमाडौं ।
पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० जनाको मृत्यु भएको छ भने ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् ।
तपाईंको प्रतिक्रिया