‘वि वान्ट इलेक्सन’ भन्दै दाङमा अनेरास्ववियुकाे प्रदर्शन

दाङ । राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले दाङमा प्रदर्शन गरेको छ । संगठनको केन्द्रीय कार्यक्रम अनुसार अनेरास्ववियूले दाङमा पनि प्रदर्शन गरेको हो ।
विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’(हामी चुनाव चाहन्छौं)को नारा लगाएका थिए । उनीहरूले कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन् । ‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र ,प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नाराका साथ अनेरास्ववियु सडकमा उत्रेको हो।
तपाईंको प्रतिक्रिया