२१६९ जनामा कोरोना संक्रमण,१४३२ निको भए
काठमाडौं ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् । यस्तै २२ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।



तपाईंको प्रतिक्रिया