एमाले कार्यदलको बैठक सुरु

काठमाडौं ।
एमालेमा एकता कायम गर्न बनाइएको कार्यदलको वैठक ढिला गरी सुरु भएको छ । दिउसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि सुरु भएको हो । कार्यदलको बैठकपूर्व माधव नेपाल पक्षका नेताहरु नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । सिंहदरबारबाट कोटेश्वर गएका उनीहरु फर्केपछि बैठक सुरु भएको हो ।
हिजो कार्यदलले एकताका विषयमा अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई आजको बैठकबाट अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।
तपाईंको प्रतिक्रिया