वडा सचिवमाथी करणी मुद्दा

तुलसीपुर । सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर पाँचका वडा सचिव अम्मरराज कालाथोकीमाथी इलाका प्रहरी कार्यालय लुहाममा जर्वजस्ती करणी उद्योग अन्तरगतको मुद्दा दायर भएको छ । वडा कार्यालयको बरण्डामा बसी वाइफाई चलाईरहेको अवस्थामा वडा सचिवले आफूलाई हात समाई कार्यकक्ष भित्र लिई जर्वजस्ती करणी गर्न खोजेको आरोप सोही पालिका वडा नम्बर पाँच एक युवतीले आरोप लगाएपछि उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको हो ।
असार १९ गते उक्त घटना भएको जाहेरी इलाका प्रहरी कार्यालयमा परेपछि आफूहरुले वडा सचिवलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक (इन्सपेक्टर) श्यामप्रकाश यादवले जानकारी दिए । तुल्सीपुर–७ दाङ घर भएका वडा सचिव कालकाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनकाे म्याद थप गरी छानविन विस्तृत अध्ययन गरिरहेकाे प्रहरीले बताएको छ ।
तपाईंको प्रतिक्रिया