दाङमा १३ संक्रमित थपिए,एक जनाको मृत्यु
तुलसीपुर ।
दाङमा आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर परिक्षणमा ७ जना महिला र ६ जना पुरुष गरी १३ जनामा कोरोना पुष्टि भएको भएको हो । आज थपिएका १३ जना सहित दाङमा १ सय ३९ जना सकृय बिरामी रहेका छन् । जस अनुसार घरमा १ सय १४ जना, अक्सिजन सहितको उपचारमा १९ र आईसियूमा ६ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
यसैबिच आज ११ जना कोरोना मुक्त भएका छन् । यसैबिच आज थप एक जना कोरोना संक्रमितको मृत्युभएको छ । घोराही उपमहानगरपालिका १३ का ६७ बर्षिय पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्युभएको हो । यो सहित दाङमा बैशाख यता कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।।
तपाईंको प्रतिक्रिया