दाङमा अपराधमा संलग्न तीन प्रहरी निलम्बित

 असार ३०, २०७८

तुलसीपुर ।
दाङमा अपराधमा संलग्न रहेको भन्दै तीन प्रहरी निलम्बित भएका छन । जिल्लामा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका हुन। इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन् ।

त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालाकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागूऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको प्रहरी स्रोतले बताएको छ ।
संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागूऔषध कारोबारीसँग मिलेमतो देखिएपछि तीनजना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको बताईन्छ ।

तपाईंको प्रतिक्रिया