साशक होईन, जनताको सेवक हौं: कुरुम्वाङ

 असार ३०, २०७८

तुलसीपुर ।

दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आफु साशक नभई जनताको सेवक भएर काम गर्ने बताएका छन् । रिर्पोटस क्लवले तुलसीपुरमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

दाङको समृद्धी सुशासन र विकासका लागि आफु प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाउदै यसमा पत्रकारको सहयोगी भुमिका हुने बताउनुभयो रिर्पोटस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, रासस प्रमुख नारायणी रजौरे लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण क्लवका महासचिव बिमल गौतमले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया