श्वास्थ्यमा फड्को मार्दै बबई गाउँपालीका (अडियो सहित)

तुलसीपुर ।
दाङ बबई गाउँपालिकामा हापुरे प्राथमिक अस्पताल सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश सरकार र बबई गाउँपालिकाको लगानीमा निर्माण भएको अस्पताल बिहिबारदेखि सञ्चालनमा आएको हो । अस्पतालमा २४ घण्टा मेडिकल अधिकृतले बिरामीहरुको स्वास्थ्य जाँच गर्ने गाउँपालिकाले जनाएको छ ।
यसैविच जनमुखी संग कुराकानी गर्दै गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जनताको सेवाका लागि सधै तत्पर रहेको बताउनुभएको छ । निर्वाचित भएर आएदेखि ८ वटा श्वास्थ्य चौकिबाट सेवा दिइरहेको उहाले बताउनुभएको छ । उहाले अवको एक बर्षमा सबैको पहुचमा विषेशज्ञ सहितको सेवा पुराउने गरि काम गरिरहेको बताउनुभएको छ ।
तपाईंको प्रतिक्रिया