दाङमा भोलि देखी कोरोना खोप लगाईने
तुलसीपुर । दाङमा भोलि (आईतवार) देखी कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय दाङको अनुसार जिल्लामा १९ हजार भाईल भेरोसेल खोप आएको छ । उक्त खोपले ३८ हजार नागरिकलाई लगाउने मिल्नेछ । सोहि अनुसार जिल्लाका दश वटै स्थानिय पालिकाका ५५ बर्ष माथिका सवै नागरिकलाई खोप दिईनेछ ।
यस्तैगरी लक्षित समुह अन्र्तगत शिक्षक,कर्मचारी, यातायात व्यवसायी, यातायात मजदुर, यस अघि खोप लगाउन छुटेका लक्षित समुहले पनि खोप लगाउने पाउनेछन् । सवै नागरिकलाई पाएक पर्ने गरी स्थानिय तहका प्रत्येक स्वास्थ्य संस्था तथा अस्पतालहरुबाट खोप दिईनेछ ।
यसैविच, तुलसीपुरमा १२ हजार नागरिकलाई भेरोसेल खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय दाङले उपलब्ध गराएको खोप मध्ये ५५ बर्ष माथिका ८७५५ जना र अन्य बाँकी लक्षित समुहलाई समेटेटिने कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । खोप आईतवार देखी मंगलवार सम्म जारी रहनेछ । तुलसीपुर क्षेत्रमा सवै नागरिकलाई पाएक पर्ने गरी २१ वटा खोप केन्द्र निार्धारण गरिएको छ ।
तपाईंको प्रतिक्रिया