थपिए १८ सय ७५ सङ्क्रमित, २१ जनाको मृत्यु
तुलसीपुर ।
नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख १४ हजार नाघेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० हजार ६६ कोरोना परीक्षण गर्दा थप १ हजार ८ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ६ हजार ३ सय १० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परीक्षण गर्दा ५ सय ६५ जनामा कोरोना सङ्क्रमणपुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८ सय ८६ र एन्टीजेन विधिबाट ४८ हजार ३ सय ६२ जनामा कोरोनासङ्क्रमणदेखिएको छ । आरटी पिसिआर र एन्टीजेन विधिबाट गरेर हालसम्म नेपालमा कोरोना भाइरसका कारणसङ्क्रमित हुनेको संख्या ७ लाख १४ हजार २ सय ४८ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर २ हजार १ सय ६४ जना स्वस्थ भएका छन् ।
योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमणपछि निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ । यस्तै गत २४ घन्टामा थप २१ जनाको कोरोनासङ्क्रमणकाकारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।
तपाईंको प्रतिक्रिया