दाङमा १० जनामा कोरोना संक्रमण

दाङ । दाङमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जनामा गरिएको पिसिआर परिक्षणमा ६ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा घोराहीका ९ र तुलसीपुरका एक जना रहेका छन् । यो सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय २१ पुगेको छ ।
ति मध्य ९८ जना घरमा, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ७ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । आज तुलसीपुरका एक जना मात्रै कोरोना मुक्त भएका छन् ।
तपाईंको प्रतिक्रिया