सुजिता मृत्यु प्रकरण: दाजु नाता पर्ने पक्राउ
चितवन । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती-३ की सुजिता भण्डारी प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मृतक सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी नाताले दाजु पर्छन् ।
झापाकाे झापा गाउँपालिका- ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ । शुकदेव भण्डारीलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी आफ्नै ठुलबाबाको छोरा हुन् । उनीहरु विदेशमै पुगेर विहे गर्ने सोचमा समेत थिए ।
असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुइमा विवाद सृजना भएको थियो । असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् ।
तपाईंको प्रतिक्रिया